माधव नेपाललाई भेट्न कोटेश्वर पुगे देउवा

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमालेमा असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपाललाई भेट्न पुगेका छन्। सोमबार साँझ देउवा नेता नेपाललाई भेट्न कोटेश्वरस्थित निवासमा गएको स्रोतले जानकारी दिएको छ।

देउवाका साथमा कांग्रेस नेता पूर्णबहादुर खड्का पनि छन्। सर्वोच्च अदालतको पछिल्लो आदेशपछि नेकपा एमाले एक हुनुपर्ने दबाबमा परेका नेपाललाई भेट्न देउवा कोटेश्वर पुगेका हुन्।

विपक्षी गठबन्धन बनेयता सधैंजसो देउवालाई भेट्न नेताहरु उनको निवासमा पुग्ने गरेकोमा आज भने नेता नेपाललाई भेट्न देउवा उनकै निवासमा पुगेका हुन्।

सम्बन्धित खवर