मोरङमा थप एक साता निषेधाज्ञा लम्ब्याइयो

मोरङमा थप एक साता निषेधाज्ञा लम्ब्याइयो

विराटनगर, ३१ जेठ । मोरङमा थप एक साता निषेधाज्ञा बढाइएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जारी गरेको निषेधाज्ञा आदेशमा ११ बजेसम्म तरकारी, फलफुल र पुस्तक पसल खोल्न पाइने उल्लेख छ ।

भौतिक दुरी कायम गरेर बिहान ५ बजेदेखि ११ बजेसम्म खुला गर्ने सूचिमा निर्माण सामग्रीका पसल, पशु आहारको बिक्री गर्न समेत छुट दिइएको छ ।

यस्तै बैंक तथा वित्तिय संस्थाहरु खुला हुने छन् । भोलीदेखि लागू हुने निषेधाज्ञामा दूध तथा दूधजन्य पदार्थ बिक्री गर्ने पसल बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्न पाइने उल्लेख छ ।

सम्बन्धित खवर