वामदेव र विष्णु पौडेलबीच भेटवार्ता

वामदेव र विष्णु पौडेलबीच भेटवार्ता

काठमाडौैं, ३१ जेठ । एमालेका उपाध्यक्ष वामदेव गौतमसँग उप–प्रधानमन्त्री विष्णु पौडेलले भेट गरेका छन् ।

सोमबार बिहान ललितपुरको भैँसेपाटीस्थित गौतमको निवासमा गौतम र पौडेलबीच भेट भएको हो । भेटमा एमालेभित्रको विवाद मिलाउने विषयमा कुराकानी भएको बुझिएको छ ।

एमालेभित्र अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र माधव नेपाल–झलनाथ खनाल समूहबीच बोलचाल नै बन्दको अवस्था छ । विवाद हुँदा एमालेको प्रदेश सरकारहरू तनावमा छन् । केन्द्र सरकार पनि ढल्ने अवस्थामा पुगेको छ ।

यस्तो बेलामा पौडेलले गौतमलाई भेटेर विवाद मिलाउने प्रयास गरेका छन् ।

सम्बन्धित खवर