उदयपुरमा रुख काट्ने क्रममा हाँगाले लागेर एक जनाको मृत्यु

उदयपुरमा रुख काट्ने क्रममा हाँगाले लागेर एक जनाको मृत्यु

विराटनगर : उदयपुरको त्रियुगा नगरपालिका ७ पानीतारेस्थित बागेश्वरी सामुदायिक वनमा रुख काट्ने क्रममा हाँगाले लागेर एक जनाको मृत्यु भएको छ । खोटाङको हेलसी तुवाचुङ नगरपालिका ८ धितुङ का २२ वर्षीय सरोज राईको मृत्यु भएको हो ।

घटनास्थल पुगेका स्थानीयहरु

सामुदायिक वनले डिभिजन वन कार्यालय गाईघाटबाट कटान आदेश लिई रुख काट्न गएका राईको रुखको हाँगाले टाउकोमा लागी घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी उदयपुरले जनाएको छ ।

सम्बन्धित खवर