केही खुकुलो बनाउने निर्णयसहित झापा जारी निषेधाज्ञा असार ७ गतेसम्म थपियो (निर्णयसहित)

केही खुकुलो बनाउने निर्णयसहित झापा जारी निषेधाज्ञा असार ७ गतेसम्म थपियो (निर्णयसहित)

विराटनगर : झापामा हाल जारी पूर्ण निषेधाज्ञालाई केही खुकुलो बनाएर थप गरिएको छ । आइतबार बसेको डिसीसीएमसीको बैठकले जारी लकडाउनलाई असार ७ गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरेको हो ।

बैठक लगत्तै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा जारी आदेशमा संक्रामक रोग तथा स्थानीय प्रशासन एन प्रयोग गरी हाल जारी रहेको आदेशलाई केही परिमार्जन गर्दै असार ७ गतेसम्म जारी राख्ने निर्णय भएको उल्लेख छ ।

यो पटकको निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्रीका पसल खाद्यान्न, फलफुल, तरकारी, माछामासु, दुध, डेरी, पुस्तक पसल तथा हार्ड वेयर पसल प्रत्येक दिन विहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न दिने उल्लेख छ ।

मल खाद्य, वीउविजन, चल्ला तथा दाना एवम् पशुपंक्षीका आहार सम्बन्धी पसल विहान १० बजेदेखी ५ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ । यस अघिको निषेधाज्ञामा अत्यावश्यक सामग्रीका पसल आइतबार र बुधबार विहान ६ बजेदेखि ९ बजेसम्म खोल्न दिने उल्लेख थियो ।

नयाँ शैक्षिक सत्रलाई मध्य नजर गर्दै झापामा यो पटक पुस्तक पसलसमेत खोल्न दिने निर्णय भएको हो । साथै कार्यालय सञ्चालनको हकमा अत्यावश्यक सेवा वाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान सेवा स्थगन गर्ने उल्लेख छ ।

त्यस्तै बैंक तथा वित्तिय संस्थाहरुले न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्ने, बचत संकलन गर्ने कार्य नगर्ने उल्लेख छ । पछिल्लो पटक जेठ १४ गतेदेखि २१ गतेसम्म जारी निषेधाज्ञालाई चौथो पटक जेठ ३१ गते राति १२ बजेसम्म थप गरिएको थियो ।

सम्बन्धित खवर