पथरी शनिश्चरेमा ५ सहित प्रदेश १ मा ३३७ संक्रमित थपिए, ३०९ संक्रमणमुक्त

पथरी शनिश्चरेमा ५ सहित प्रदेश १ मा ३३७ संक्रमित थपिए, ३०९ संक्रमणमुक्त

मोरङ, प्रदेश १ मा आज ३३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०७, झापामा ९५, सुनसरीमा ५०, पाँचथरमा ३२, उदयपुरमा २४, सोलुखुम्वुमा १३, संखुवासभामा ५, इलाममा ३, धनकुटा र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५४, सुन्दरहरैचामा २३, उर्लाबारीमा १०, पथरी शनिश्चरेमा ५, रतुवामाई र मिक्लाजुङमा ३/३, लेटाङ, बेलबारी र जहदामा २/२, केराबारी, बुढीगंगा र रंगेलीमा १/१, झापाको विर्तामोडमा २९, शिवसताक्षीमा १७, दमकमा १०, अर्जुनधारामा ९, कनकाईमा ७, हल्दिबारीमा ५, बुद्धशान्ति र कमल गाउँपालिकामा ४/४, मेचीनगर र बा¥हदशीमा ३/३, गौरीगञ्ज, कचनकवल, भद्रपुर र झापा गाउँपालिकामा १/१, सुनसरीको इटहरीमा २७, दुहवीमा ७, धरानमा ६, रामधुनीमा ३, बराहक्षेत्र र गढीमा २/२, हरिनगर, बर्जु र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि पाँचथरको फिदिममा २८, तुम्मेवा, याङवरक, फालेलुङ र स्थानीय तह नखुलेका १/१, उदयपुरको कटारीमा १७, त्रियुगामा ५, बेलका र उदयपुरगढीमा १/१, सोलुखुम्वुको नेचासल्यानमा ८, माप्य दुधकोशीमा ५, संखुवासभाको धर्मदेवी, खाँदबारी र स्थानीय तह नखुलेका ३, इलामको इलाम नगरपालिका, चुलाचुली र फाकफोकथुममा १/१, धनकुटाको शहिदभूमी र भोजपुरको हतुवागढीमा १/१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६५ हजार ६७८ पुगेको छ । संक्रमित भएका मध्ये ४८ हजार ८८० जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १५ हजार ७५१ रहेको मन्त्रालयले जनाएको छ । आज ३०९ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज ९२६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १४५ महिला र १९२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर