१२ लाख ५० हजारका स्वास्थ्य सामग्री गाउँपालिकालाई हस्तान्तरण

१२ लाख ५० हजारका स्वास्थ्य सामग्री गाउँपालिकालाई हस्तान्तरण

कानेपोखरी, समूदाय स्तरका महिलाहरूको दीगो आर्थिक विकास र महिला सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएको मोरङको कानेपोखरी–६ स्थित दीगोपन सामाजिक उद्यमी महिला सहकारी संस्था लि. ले काभिड नियन्त्रण र रोकथाममा सहयोग पु¥याउने उदेश्यले कानेपोखरी गाउँपालिका कार्यालयलाई १२ लाख ५० मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

आइतबार सहकारी संस्थाकी अध्यक्ष उमा रानामगरले गाउँपालिका परिसरमा अध्यक्ष ताराबहादुर काफ्लेलाई स्वास्थ्य सामग्री र उपकरण प्रदान गर्नु भयो । दीगोपन सामाजिक उद्यमी सहकारी संस्था हेफर इन्टरनेसनलद्वारा प्रवद्र्धित सहकारी संस्था हो । हेफर नेपालले अभियान नेपालसँगको सहकार्यमा दीगोपन सामाजिक महिला उद्यमी सहकारी संस्था मार्फत स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

सहकारी संस्थाले अभियान नेपाल र हेफरसँग सहयोगको अपिल गरेको थियो । सहकारी संस्थाकी अध्यक्ष उमा मगरले भन्नुभयो – महिला उद्यम र सशक्तिकरणका क्षेत्रमा सहकारी संस्था सँग सहकार्य गर्ने संस्थाहरूलाई सहयोग गर्न पाउँदा हामीलाई खुसी लागेको छ । अभियान नेपालका अध्यक्ष एवं संविधान सभा सदस्य प्रेमबहादुर गिरीले हेफर इन्टरनेसनलबाट ४२ लाख ५० हजार मूल्य बरावरका स्वास्थ्य सामग्री र उपकरण प्राप्त भएको बताउनु भयो । ती सामग्री मध्ये झापा जिल्लामा ८ लाख मूल्यका र ३२ लाख ५० हजारको मोरङका चार पालिकामा वितरण गरिने अध्यक्ष गिरीले बताउनु भयो । सबै भन्दा बढी सामग्री कानेपोखरी गाउँपालिकालाई प्रदान गरिएको उहाँको भनाई थियो ।

अभियान नेपाल हेफरद्वारा प्रबद्र्धित मोरङका चारपालिकाका उद्यमी सहकारीसँग सहकार्यमा काम गर्दै आएको छ । उहाँले मोरङका कानेपोखरी गाउँपालिका, सुन्दरहैचा, पथरीशनिश्चरे र बेलबारी नगरपालिकामा स्वास्थ्य सामग्री वितरण गरिने बताउनु भयो । वितरित स्वास्थ्य सामग्रीमा अक्सिजन कन्सनट्रेटर मेसिन २ थान,पोर्टेवल एक्सरे मेसिन १ थान, लुज ग्लोव ९७ बक्स,सर्जिकल ग्लोव ३० बक्स, पिपिई ५५ सेट र फोल्डिङ विरामी बेड कपडा सिरानी सहित ७ सेट रहेको छ ।

स्वास्थ्य सामग्री प्राप्त गरेपछि गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले कोभिडका कारण ६ जनाले ज्यान गुमाइसकेको कानेपोखरीमा यो नै सबैभन्दा ठूलो स्वास्थ्य सहयोग भएको बताउनु भयो । उहाँले गाउँपालिकाले काठको खाट बनाएर तिनै खाटमा विरामीको उपचार गरिरहेको अवस्थामा सुबिधा सम्पन्न सामग्री प्राप्त भएकोमा खुसी प्रकट गर्नुभयो ।

१२ लाख ५० हजारका स्वास्थ्य सामग्री गाउँपालिकालाई हस्तान्तरण

सम्बन्धित खवर