‘मानव सहयोगी हातहरु’द्वारा रतुवामाईका विपन्नलाई राहत वितरण

‘मानव सहयोगी हातहरु’द्वारा रतुवामाईका विपन्नलाई राहत वितरण

विराटनगर : ‘मानव सहयोगी हातहरु’ नामक संस्थाले रतुवामाई नगरपालिकाका विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मुलुकमा निषेधाज्ञा घोषणा भएपछि दैनिक ज्यालादारी गरेर छाक टार्ने परिवारमा बिहान, वेलुका खान समस्या हुदै आएको बेला सामाजिक सेवामा सक्रिय रहेको ‘मानव सहयोगी हातहरु’ले राहत वितरण गरेको हो ।

संस्थाको यो अभियानलाई विभिन्न दाताहरुले सहयोग गर्दै आएका छन् । यसअघि पनि विभिन्न दाताहरुको सहयोगमा संस्थाले मोरङका विपन्न परिवारलाई राहत वितरण गरेको थियो ।

आइतबार जनप्रगतिशिल मंच अस्ट्रलीयाका अध्यक्ष धर्मराज खतिवडाको पहलमा दैनिक ज्यालादारी गरी आफ्नो गुजारा चलाउँदै आएका घरपरिवारलाई राहत वितरण गरेको हो । रतुवामाई ९ का ६२, ७ का ५५, ५ मा ४८ र १,४ र ६ नम्बर वडामा गरी २०५ घरपरिवारलाई राहत वितरण गरेको संस्थाका महासचिव ताजिम अन्सारीले जानकारी दिनुभयो ।

संस्थाले राहत सामग्री वितरणसँगै कोरोना भाइरसबारे जनचेतना अभिवृद्धि गर्ने तथा निषेधाज्ञालाई पूर्ण रुपमा लागु गर्ने कार्यमा पनि युवाहरुलाई सक्रिय बनाउँदै आइरहेको छ ।

सम्बन्धित खवर