कटुवा पेस्तोलसहित सिरहाबाट एक जना पक्राउ

कटुवा पेस्तोलसहित सिरहाबाट एक जना पक्राउ
  • राजेन्द्र महतो

लहान : सिरहाबाट कटुवा पेस्तोलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले सिरहाको सुखीपुर नगरपालिका– ७ बलहीका ४७ वर्षीय गणेशकुमार सिंहलाई गोप्य सूचनाको आधारमा आइतबार बिहान पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरी टोलीले सिंहको घरमा खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा कटुवा पेस्तोल र त्यसमा लाग्ने एक थान गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

पक्राउ परेका सिंहलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी सिरहाका प्रहरी प्रवक्ता तथा डिएसपि शालिग्राम शर्मा पौडेलले बताए ।

सम्बन्धित खवर