पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण, ३ हजार ९९४ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण, ३ हजार ९९४ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने झण्डै ४ हजार संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३ हजार ९९४ संक्रमणमुक्त भएका हुन्।

यस्तै यो अवधिमा ४६ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ७ हजार ५१७ पीसीआर र ४ हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ६९४ जनाको पीसीआर र ७१३ जनाको एन्टीजेनमा कोरोना पुष्टि भएको हो।

हालसम्म नेपालमा ३२ लाख १४ हजार ७२५ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले जानकारी दिए। आज परीक्षणको २२।५ प्रतिशतमा कोरोना संक्रमित पुष्टि भएको हो।

सम्बन्धित खवर