प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रका जनता १ सुत्रीय माग राखेर आन्दोलित, अनिश्चित कालका लागि सडक अबरुद्ध

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रका जनता १ सुत्रीय माग राखेर आन्दोलित, अनिश्चित कालका लागि सडक अबरुद्ध

भीमराज अधिकारी, मोरङ

प्रधानमन्त्री के.पी. शर्मा ओलीले धेरै बजेट आफ्नो क्षेत्रमा हालेको भन्ने कुरालाई यो घटनाले मात खुवाएको छ । ओलीकै निर्वाचन क्षेत्रका जनता १ सुत्रीय माग राखेर यतिखेर आन्दोलित बनेका छन् । सडक अबरुद्ध गरेका स्थानीयले सडक कालोपत्रे (पिच) नहुन्जेलका लागि आन्दोलन जारी राख्ने बताएका छन् ।

मोरङको उर्लाबारी–आमबारी–सिजुवा हुदै भारतको सिमा पुग्ने सडकको केही भाग झापा जिल्लामा पर्दछ । यो क्षेत्र झापाको दमक नगरपालिका वडा नं. १० को केही भाग रतुवा खोला भन्दा पश्चिम तर्फको भाग हो । यो झापाको निर्वाचन क्षेत्र नं. १ वर्तमान प्रधानमन्त्री के.पी. शर्मा वलीको क्षेत्र हो ।

मोरङको तर्फको भागमा सडक कालोपत्रे भइसकेको छ तर बिचमा झापा पर्ने नलबारी खण्डको १६ सय मिटर बाटोमा अझै पनि धुलो उडिरहेको छ । दुवैतर्फ कालोपत्रे सडक तर आफ्नो क्षेत्रमा चाही टिफरले धुलो उडाउदा स्वास्थ्यमा समेत ठुलो असर गरिरहेको संघर्ष समितिका संयोजक अर्जुन बहादुर लिम्बूले बताए ।

यहि सडक कालोपत्रे गर्नका लागि २ वर्षअघि पनि बजेट बिनियोजन भएको थियो तर करिब १० लाखको खर्चमा सबबेसको काम मात्रै गरेर छाडेपछि सडक पूनः जिर्ण बन्यो । अघिल्लो आर्थिक वर्षमा पनि कालोपत्रे गर्ने भनेर मोरङ क्षेत्र नं. १ (क) का प्रदेश सांसद कुल बहादुर संवाले २ करोड बजेट बिनियोजन गरेर सडक शिलान्यास समेत गरेका थिए ।

२०७६ चैत्रमा सडक शिलान्यास गर्दा चालु आर्थिक वर्ष अर्थात २०७७ असार मासान्तमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको निर्माण कम्पनी के.एन. निर्माण सेवा रतुवामाई अहिले सम्पर्क बिहिन बनेको छ । निर्माण कम्पनीले सबबेसको काम मात्रै गरेर करिब १५ लाख जति खर्च भएको तर २७ लाख हाराहारी रकम निकासा गरेर फरार भएको स्थानीय जितेन धिमालले बताए । अहिले पनि सबबेस टिफरले भत्काउन थालेपछि सरकारी पैसाको चरम दुरुपयोग भएको छ ।

ओलीको यस क्षेत्रमा १ हजार भन्दा वढि मतदाता रहेका छन् । १२ सय वढि घरधुरी यो क्षेत्रमा रहेको तर वडा कार्यालयले विभेद गरेको स्थानीय अम्बिका कोइरालाले बताइन् । प्रधानमन्त्री ओली आफ्नो दाजु भएको तर विकासमा विभेद गरेकाले अब कुनैपनि हालतमा आन्दोलन फिर्ता नलिने कोइरालाको अडान छ ।

ओलीले निर्वाचनका बेला टोलमा सडक बत्ती, सडक कालोपत्रे, ऐलानी जग्गाको लालपुर्जा वितरण जस्ता आश्वान दिएको तर अहिले एउटा पनि पुरा नभएको मैरानी राईले बताइन् । ३५ वर्षअघि देखि सोही स्थानमा बस्दै आएकी राई लगायतलाई दिएको आश्वासन प्रधानमन्त्री ओलीले कहिले पुरा गर्लान ?

जनप्रतिनिधि भन्छन् मकै भाँच्नु छ

निर्वाचनका बेला अमुल्य मत दिएर जिताएका जनप्रतिनिधीलाई समस्या राख्न बोलाउँदा मकै भाच्नु छ भन्दै पन्छिएको पिडित कमला खतिवडाले बताइन् । सो क्षेत्रबाट वडा सदस्यामा सीता काफ्लेले प्रतिनिधित्व गर्ने तर आफ्नो समस्या राख्न खोज्दा कहिलेपनि समय नदिएको खतिवडाको भनाइ छ ।

यता वडा अध्यक्ष बोधराज न्यौपानेलाई पटक पटक जानकारी गराउदा पनि बेवास्ता गरेको स्थानीयहरुले बताएका छन् । निर्वाचन भएको ४ वर्ष वित्दा पनि कुनैपनि विकास बजेट नलगाएको स्थानीयको गुनासो छ । बाटोको विषयमा पटक पटक जानकारी गराएको तर अब असार १० सम्म पर्खिनु त्यस पछि पनि बजेट परेन भने प्रदेश सरकारसंग जाउला भनेर आश्वासन मात्रै दिएको अर्जुन लिम्बूले बताए ।

सम्बन्धित खवर