धितोपत्र बजारमा यस साता रु ८३ अर्ब बढीको कारोबार भएको छ।
लगातार उकालो लागेर नयाँ–नयाँ कीर्तिमान कायम गरेको नेप्सेले झण्डै तीन हजार बिन्दुको यात्रासमेत तय गरेको थियो। निषेधाज्ञाका कारण आम मानिस घरभित्रै बसेको तथा कारोबारसमेत प्रविधिमैत्री भएका कारण पनि कारोबार रकमका साथसाथै नेप्सेमा समेत उच्च अङ्कको वृद्धि भएको हो।