कोरोना अपडेटः थपिए ३ हजार ३८४ जना सङ्क्रमित ६१ कोभिड बिरामीको मृत्यु, बिरामी हुनेमा २१ देखि ४० वर्षका अत्यधिक

कोरोना अपडेटः थपिए ३ हजार ३८४ जना सङ्क्रमित ६१ कोभिड बिरामीको मृत्यु, बिरामी हुनेमा २१ देखि ४० वर्षका अत्यधिक

नेपालमा गत २४ घण्टामा ३ हजार ३८४ कोरोनाभाइरसका सङ्क्रमितहरू थपिएका छन्। सोही अवधिमा मृत्यु हुनेको सङ्ख्या ६१ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सोही अवधिमा ६ हजार २९५ जना सङ्क्रमण मुक्त भएका छन्।

नेपालमा हालसम्म पुष्टि भएका कोभिड बिरामीको सङ्ख्या ६ लाख २२ हजार हाराहारीमा छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या ७५ हजारभन्दा केही बढी छ। त्यस्तै कुल मृत्यु हुनेको सङ्ख्या ८ हजार तीन सय नाघेको छ।

मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत २४ घण्टामा कुल १४ हजार ४९४ जनाको परीक्षण गरिएको थियो। ती मध्ये ८ हजार ५०६ जनाको पीसीआर र ५ हजार ९८८ जनाको एन्टिजन विधिबाट परीक्षण गरिएको थियो ।

पछिल्लो समय कोभिड हुनेहरूमध्ये सबभन्दा धेरै उमेर समूह २१ देखि ४० वर्षको रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ। नेपालमा निको हुने दर ८६.९ प्रतिशत छ भने मृत्यु दर १.६ प्रतिशत रहेको छ। त्यसैगरी कुल सङ्क्रमितमध्ये महिला ४० प्रतिशत जति र पुरुष ६० प्रतिशतजति रहेका छन्।

हाल आइसीयूमा रहेका विरामीको सङ्ख्या ११८९ रहेको छ भने भेन्टिलेटरमा ३६६ जना रहेको मन्त्रालयको तथ्याङ्क छ।

सम्बन्धित खवर