मोरङ, प्रदेश १ मा गत २४ घण्टामा ४६२ जना कोरोना संक्रमित थपिएका छन् । यहि समयमा ९०२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३८९ महिला र ५१३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २४३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङमा १८४, झापामा १०९, सुनसरीमा ९७, धनकुटामा ११, संखुवासभामा ९, ते¥हथुम र इलाममा ७/७, उदयपुरमा ६, पाँचथर, ताप्लेजुङ र भोजपुरमा २/२ र प्रदेश १ बाहिरका २६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा १०१, सुन्दरहरैचामा ३५, पथरी शनिश्चरेमा १८, उर्लाबारीमा ११, बुढीगंगामा ५, रतुवामाई र बेलबारीमा ३/३, रंगेली, सुनबर्षी, कटहरी र स्थानीय तह नखुलेका २/२, झापाको विर्तामोडमा २१, हल्दिबारीमा १५, कनकाईमा १३, दमकमा १२, शिवसताक्षीमा ९, अर्जुनधारा र भद्रपुरमा ८/८, झापा गाउँपालिकामा ५, बुद्धशान्ति, मेचीनगर र कमलगाउँपालिकामा ४/४, गौरीगञ्ज र बा¥हदशीमा २/२, गौरादह र कचनकवलमा १/१, सुनसरीको इटहरीमा ४५, धरानमा ३०, बराहक्षेत्रमा ६, दुहवी र रामधुनीमा ५/५, हरिनगरमा २, गढी, देवानगञ्ज , इनरुवा र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा ६, शहिदभूमीमा २, पाख्रिवास, महालक्ष्मी र स्थानीय तह नखुलेका १/१, संखुवासभाको खाँदबारीमा ४, चैनपुरमा २ र स्थानीय तह नखुलेका ३, ते¥हथुमको म्याङलुङमा ५, लालीगुराँसमा २, इलामको इलाम नगरपालिकामा ३, चुलाचुलीमा २, रोङ र सुर्योदयमा १/१, उदयपुरको बेलका, उदयपुरगढी र स्थानीय तह नखुलेका २/२, पाँचथरको फिदिममा २, ताप्लेजुङको मिक्वाखोला र फक्ताङलुङमा १/१, भोजपुरको पौवादुङ्मा र स्थानीय तह नखुलेका १/१, र प्रदेश १ बाहिरका २६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६४ हजार ८५५ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ५८१ रहेको छ । प्रदेश १ मा आज १ हजार ३७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २१० महिला र २५२ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।