बेलबारी बोयर खरिद काण्ड ः उपमेयर छानविन समितिमा नबस्ने, कार्यपालिकाले के निर्णय गर्ला ?

बेलबारी बोयर खरिद काण्ड ः उपमेयर छानविन समितिमा नबस्ने, कार्यपालिकाले के निर्णय गर्ला ?

भीमराज अधिकारी, पथरी

मोरङ बेलाबारीमा बोयर बाख्रा खरिदमा व्यापक अनियमितता भएको गुनसो जताततै सुनिन्छ ।

सामाजिक सञ्जाल र नगरमा व्यापक बिरोध भएपछि नगरपालिकाले छानविन समिति गठन गरेको छ । २४ गतेको कार्यपालिका बैठकले उपप्रमुख ढाका कुमारी पराजुलीको संयोजकत्वमा छानविन समिति गठन गरेको हो । समितिको संयोजक रहेर आफु काम गर्न नभ्याउने भन्दै पराजुलीले समितिमा बस्न इन्कार गर्नुभएको छ ।

योजनाका काम, न्याय सम्पादनका काम र आफै पनि अस्वस्थ रहेका कारण समितिमा बस्न नसक्ने जानकारी गराएको पराजुलीले टेलिफोन संवादमा बताउनुभयो । पराजुलीले भन्नु भयो ‘म काम गर्न असक्षम हैन् तर मेरो स्वास्थ्य र जिम्मेवारीमा रहेका अरु कामहरु भएकाले म समय दिन सक्दिन भनेर लिखित जानकारी गराएको छु । समिति गठन गर्दा पनि म समितिमा बस्दिन भन्दा भन्दै समितिमा राखेकाले बैठकमा समेत हस्ताक्षर नगरि हिडेको छु ।’

पराजुलीको नेतृत्वमा गठन भएको सर्वदलीय समितिमा नेपाली कांग्रेसले आफ्नो प्रतिनिधि पठाएको छैन् । अझै छलफलका क्रममा रहेकाले प्रतिनिधि पठाउने नपठाउने टुङ्गो नलागेको नगरका कार्यवाहक सभापती उपेन्द्र सुवेदीले बताउनुभयो ।

यता नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले भने छानविन समिति संयोजकले इन्कार गरेको कुरा सामाजिक सञ्जालमा देखेको तर आधिकारिक रुपमा आफु भएठाउँ नआएको बताउनुभयो । सुवेदीले भन्नुभयो ‘सामाजिक सञ्जाल मार्फत जानकारी पाएँ अब समितिलाई ७ दिन भित्र प्रतिवेदन दिन भनिएको थियो केही पार लागेन भने कार्यपालिकाले जे निर्णय गर्छ त्यही हुन्छ । खरिद कर्ताले गल्ती गरेकै हो खरिद ऐन अनुसारको कार्वाही हुन्छ ।’

घटना यस्तो थियो

नगरले उन्नत जातको बोयर खरिदका लागि ग्रो अर्गानिक कृषि प्रा.लि. संखुवासभासंग सम्झौता गरेको थियो । प्रा.लि.ले फुल ब्लड अष्ट्रेलियन बेयर बोका ५२ वटा र पाठी ३८ वटा खरिद गरेर नगरमा बुझाएको बताएको थियो ।

जेठ १५ गते कृषकलाई वितरण गरे लगतै अष्ट्रेलयन बोयर नभइ पश्चिम नेपालका बाख्रा फार्मबाट खरिद गरेर ल्याएको भनेर चर्को बिरोध भएको थियो । नगरले बिभागमा बुझ्दा कुनैपनि भन्सारबाट भित्राएको विवरण नभेटेपछि खरिदकर्ता प्रा.लि.लाईलाई छानविन थालेको हो ।

सम्बन्धित खवर