आर्थिक विकास समितिको बैठक बस्यो, आगामी योजना निर्माणका बारेमा छलफल

आर्थिक विकास समितिको बैठक बस्यो, आगामी योजना निर्माणका बारेमा छलफल

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकाको आर्थिक विकास समितिको बैठक बसी आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति, कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धमा छलफल अघि बढाएको छ ।

समितिका संयोजक यामप्रसाद गुरागाईंको अध्यक्षतामा आज सम्पन्न बैठकले कृषि विकास शाखा, पशुपंक्षी शाखा, सहकारी शाखा र लघु उद्यम विकास शाखाले आ–आफ्ना योजना तर्जुमा गर्दै योजना तर्जुमा समितिमा पठाउने बारेमा छलफल भएको छ । साथै कृषिको वडा सञ्जाल र सहकारी प्रतिनिधिबीच योजना तर्जुमामा छलफल गरिने समितिका सदस्य सचिव हेमचन्द्र दहालले जनाउनु भयो ।

बैठकमा, समिति सदस्य गीता विश्वकर्मा, मैनाकुमारी राई लिम्बू तथा आमन्त्रित रुपमा कृषि विकास शाखा प्रमुख सावित्रा कार्की, पशुपंक्षी शाखाका पर्वत शाह, सहकारी शाखा प्रमुख केशवदेवी धमला र लघु उद्यम विकास शाखा प्रमुख सपना कार्कीको उपस्थिती रहेको थियो । बैठकले ती शाखाहरुको हालसम्मको कार्य प्रगति समीक्षा समेत गरेको छ

सम्बन्धित खवर