युवाहरुको सक्रियता बढ्यो, मन्दिर आसपासमा सरसफाइ

युवाहरुको सक्रियता बढ्यो, मन्दिर आसपासमा सरसफाइ

कानेपोखरी, युवाहरूको सक्रियतामा कानेपोखरी गाउँपालिका ०६, शिवालय टोल स्थित मन्दिर डाँडा (त्रिपुरेश्वर महादेव मन्दिर)को आसपास क्षेत्रमा सरसफाई कार्य गरिएको छ ।

वार्ड नं. ६ शिवालय टोल, हनुमान चोक लगायतका सक्रिय युवाहरूको संयुक्त प्रयासबाट मन्दिर डाँडादेखि शनिश्चरेतर्फ जाने बाटोको छेउछाउ र दहि खोला पश्चिम रहेको अनावश्यक झाँडी फाँडेर सफा गरिएको हो । साथै, अब केही दिनमै डाँडामा रहेको केही रूखहरुमा रंगरोगन कार्य गरिने सो सरसफाइ कार्यक्रमका नेतृत्वकर्ता सुमन लिम्बुले बताए ।

उनले सो क्षेत्रलाई सफा र सुन्दर बनाउन तत्कालीन योजना र पर्यटकीय हिसाबले अझै राम्रो राम्रो योजना ल्याउने र कार्यान्वयन गर्ने भविष्यात्मक योजना रहेको सुनाए ।

सो क्षेत्र सांस्कृतिक, पर्यटकीय तवरले पनि निकै सम्भावना बोकेको ठाउँ हो । हरेक वर्ष विभिन्न अवसरमा लाग्ने सांस्कृतिक मेला, पूजाआजा लगायतका समयमा मानिसहरुको निकै घुइँचो लाग्ने गर्दछ । साथै, फुर्सदको समय एकान्तमा बिताउन समेत सो क्षेत्र मानिसहरूले रोज्ने गरेका छ्न् ।

 

सम्बन्धित खवर