बिराट नर्सिङ होममा भएका बिरामीलाई अब घरबाटै हेर्न सकिने

बिराट नर्सिङ होममा भएका बिरामीलाई अब घरबाटै हेर्न सकिने

मोरङ, विराट नर्सिङ होममा अत्याधुनिक मोडुलर आइसियु जडान भएको छ । यो प्रबिधिको जडासंगै अब घरबाट नै बिरामीलाई हेर्न सकिने छ ।

१४ बेडको अत्याधुनिक मोडुलर आईसियुका साथै अर्को ११ बेडको न्यूरो सर्जिकल आईसियु पनि बिराट नर्सिङले सञ्चालनमा ल्याएको छ । न्याब एक्रिडिटेसनको मापदण्ड पुरा भएको सो मोडुलर आईसियु प्रदेश नं. १ का माननीय आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका छन् ।

मोडुलर आईसियुमा संक्रमणको दर अत्यन्तै न्यून रहने हुन्छ । संक्रमित रोग भएका बिरामीलाई अन्य बिरामीसंग छुटाएर राख्न ४ वटा बेड रहेको पूर्वी नेपालकै पहिलो मोडुलर आईसियु बनेको छ । बिरामीलाई घरबाटै आफन्तहरुले हेर्न सकिने कम्प्युटराइज व्यवस्था गरिएको सुविधा सम्पन्न मोडुलर आईसियुमा घरबाटै बिरामीहरुको आफन्तहरुले बुझ्न र भिडियो हेर्न सकिने आईसियु इन्चार्ज डा. ललित राजवंशीले जानकारी दिएका छन् ।

सम्बन्धित खवर