नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । यहि समयमा ८१ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ०७४ पीसीआर परीक्षणमा ३ हजार ४४९ जना र ४ हजार ५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ७६८ जना संक्रमणमुक्त भएका छन् ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ६७९, झापामा २०२, कास्कीमा १९६, सुनसरीमा १६३, ललितपुरमा १५९, नवलपरासी पूर्वमा १२३, सर्खेतमा १३१, मोरङमा ११९ र कैलालीमा ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै भक्तपुरमा ८५, धनुषामा ८१, चितवनमा ७५, काभ्रेपलाञ्चोकमा ७३, खोटाङमा ७०, बारामा ६८, बर्दियामा ६६, दोलखामा ५६, पाँचथरमा ५५, धादिङमा ५३, मकवानपुरमा ५२ र रूपन्देहीमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अछाम र कञ्चनपुरमा ४८/४८ जना, सप्तरीमा ४७, गोरखामा ४४, रोल्पामा ४०, दाङमा ३९, नुवाकोटमा ३२, सिरहामा २८, बाँकेमा २५, सिन्धुलीमा २२,नवलपरासी पूर्वमा २१, महोत्तरी र डोटीमा २०/२० जना, दैलेखमा १६ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै पर्वतमा १५, गुल्मीमा १४, तनहुँ र म्याग्दीमा १३/१३ जना, स्याङजामा ११, अर्घाखाँची र डडेलधुरामा १०/१० जना, इलाम र रामेछापमा ८/८ जना,उदयपुर, सर्लाही र रूकुममा ७/७ जनामा कोरोना संक्रमण देखिएको छ ।
धनकुटा र रौतहटमा ६/६ जना, सोलुखुम्बु, लम्जुङ, बागलुङ र कपिलवस्तुमा ५/५ जना, तेह्रथु र भोजपुरमा ४/४ जना, रसुवा, जाजरकोट र सल्यानमा ३/३ जना, ओखलढुंगा, पर्सा, कालिकोट, जुम्ला र दार्चुलामा २/२ जना तथा संखुवासभा, मुस्ताङ, प्युठान, रूकुम, बझाङ र बैतडीमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्ष मुनिका ११९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २८४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।