लिपुलेक लिम्पियाधुरा नभएको किताब छाप्ने र बेच्नेलाई तत्काल कार्वाही गर्न शिक्षामन्त्रीको निर्देशन

लिपुलेक लिम्पियाधुरा नभएको किताब छाप्ने र बेच्नेलाई तत्काल कार्वाही गर्न शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले लिपुलेक र लिम्पियाधुरा नभएको पुरानो नक्सा छाप्ने र बिक्रिगर्ने दुवैलाई तत्काल कार्वाही गर्न निर्देशन दिएका छन् ।

केही निजी प्रकाशकले नेपालको पुरानो नक्सा छापेर विद्यालयस्तरको पाठ्यपुस्तक बिक्री गरेको सूचना पाएपछि उनले सो पुस्तक जफत गरेर बिक्रेता समेतलाई कार्वाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् ।

बुधबार बसेको पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको आजको बैठकमा पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पनि निर्देशन दिएका छन् ।

मन्त्री श्रेष्ठले भने ‘तपाईंहरुले अनुगमन गर्नुस्, देशको प्रतिष्ठामा आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस्’ । गल्ती गर्ने प्रकाशक र बिक्रेतामथि कारबाही प्रक्रिया अघि बढाउने मन्त्रालयले जानाएको छ ।

सम्बन्धित खवर