विराटनगर : मोरङको केराबारी गाउँपालिकाबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
केराबारी गाउँपालिका–९ कुसुमेदेखि बेलबारी नगरपालिका–२ का ४१ वर्षीय पदमकुमार लिम्बूलाई प्रहरीले मंगलबार पेस्तोलसहित पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा पेस्तोलसहित पदमलाई प्रहरीले पक्राउ गरेको इलका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । अहिले अनुसन्धान भइरहेकोले घटनाको विषयमा थप जानकारी पछि दिने उनल बताए । ‘पेस्तोल फेला परेपछि अहिले नियन्त्रणमा लिएर अनुस्न्धान भइरहेको छ,’ उनले भने । इलाका प्रहरी कार्यालय केराबारीका इन्चार्ज शेरबहादुर पराजुलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले पेस्तोल बरामद गरेको बुझिएको छ ।