संकटमा गाऊ संझे राईनासका युवाले

संकटमा गाऊ संझे राईनासका युवाले

लमजुङ : कोरोना भाईरसको दोस्रो चरणले बिकराल रुप लिएपछि ग्रामिण भेगमा पनि संक्रमण बढ्ने क्रममा छ । संक्रमण नियन्त्रण बाहिर गएपछि सरकारले निषेधाज्ञा जारी गरेको छ ।

गाऊमा कोरोना संक्रमण बढ्न थालेपछि लमजुङको राईनास नगरपालिका २ मा रहेका युवाहरुले गाऊमा सहयोग गरेका छन । जन्मथलो भन्दा बाहिर रहेका युवाहरुले सहयोग रकम संकलन गरेर राईनास नगरपालिका वडा नं २ को साहिलीटारमा रहेको ७५ घरपरिवारलाई स्वास्थ्य सामाग्री तथा भिटामिन ट्याब्लेट बितरण गरिएको सहयोग संकलन अभियानको थालनी गर्नुभएका भानु अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाऊमा स्वास्थ्य सचेतनाको अभाव, संक्रमण भैसकेपछि हुनुपर्ने सजगताको कमि देखिएकोले कारोना नियन्त्रण चुनौतीपुर्ण रहेको छ । पुर्ब साबधानी सहित संक्रमण पछि वा लक्षण देखिएका बिरामीको लागि ज्वरो नाप्ने मेसिन, अक्सीमिटर, माक्स, हातधुने साबुन लगायतका सामाग्री बितरण गरिएको हो ।

योे अभियान कोरोना भाईरस नियन्त्रण पछि पनि चलिरहने, यसलाई सस्थागत रुपदिने तयारी भएको पनि अधिकारीले बताए । गाऊमा आउनसक्ने अन्य बिपत्ती, बिकास र्निमाणमा पनि सहकार्य गर्न, राजनितिक आस्थाका आधारमा नभई आबस्यकताको आधारमा बिकासे संरचना तथा अन्य कृयाकलापलाई अगाडी बढाउने बारे अग्रजहरुले सुझाव दिएको अधिकारीको भनाई छ ।

संकलित रकमले खरिद गरेको सामाग्री बितरणका लागि काठमान्डौ बाट अभियन्ता भानु अधिकारी, युवराज पन्थी तथा पोखराबाट स्थानिय तथा पत्रकार माधब पनेरु,चितवन बाट अक्षरराज पन्थी गाऊ पुगेका थिए । उक्त वडाका वडाअध्यक्ष रामचन्द्र अधिकारीको रोहबरमा सामाग्री बितरण गरिएको हो । सो अबसरमा अध्यक्ष अधिकारीले बाहिर रहेको युवाहरुले गरेको प्रयास सकारात्मक रहेको प्रतिकृया दिनुभयो ।

सम्बन्धित खवर