विराटनगर : रतुवामाईमा सरकारले निर्धारण गरेको मापदण्डअनुसारका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाइने भएको छ। नगरपालिकामा जेठ २५ र २६ गते खोप लगाइने भएको हो।
६२ वर्षभन्दा माथि उमेर समूहका व्यक्ति, अग्रपंतीमा खटिदै आएका तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी, चिकित्सा शिक्षा इन्टर्न, विद्यार्थी वा ओजेटी गरिरहेका नर्स तथा पारामेडिक्सहरुलाई कोरोनाविरुद्धको खोप लगाउने नगरपालिकाले जनाएको छ ।
त्यस्तै हालसम्म कोरोनको खोप नलगाएका ६५ वर्ष माथि उमेर समूहको लक्षित वर्गलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाइने भएको हो । काठमाडौँ उपत्यकामा भेरो सिलको पहिलो मात्रा लगाई एक महिना पुगेकालाई दोस्रो मात्रा दिइने छ ।