बेलबारीमा कोरोना संक्रमितका घर घरमा अनेरास्ववियु

बेलबारीमा कोरोना संक्रमितका घर घरमा अनेरास्ववियु

बेलबारी, बेलबारीका कोरोना संक्रमितको घरघरमा अनेरास्ववियुका विद्यार्थीहरु पुगेका छन् । बेलबारी स्थायी बसोबास भएर विभिन्न ठाउँमा अध्ययन गर्ने विद्यार्थीहरुले विगत तीन दिन अघिदेखि निरन्तर रुपमा बेलबारीका कोरोना संक्रमितहरुका घरघरमा पुगेर सेनिटाईजर गर्ने, मास्क, सेनेटाइजर वितरण गर्ने काम गरिरहेका छन् ।

बेलबारी नगरपालिकासंगको समन्वयमा उनीहरुले नगरपालिका भित्रका सबै वडामा पुगेर सङ्क्रमितहरुलाई भेटेर स्वास्थ्य अवस्था बुझ्नुका साथै घरमा सेनिटाईजर गर्ने काम गरिरहेका छन् । अभियानको तेस्रो दिनसम्ममा आफूहरु १०० भन्दा बढी घरमा पुगेर सहयोग गरेको अभियन्ता शीतल रायले बताइन्।

सचेत नागरिकले एकअर्कामा समस्या परेको बेला सरकारको मुखमात्र ताक्नु भन्दा सबैले सकेको सहयोग गर्नुपर्ने विद्यार्थी नेताहरु बिप्लव पोख्रेल र अनिशा गिरीले बताए । नगरभित्रका ११ वटै वडामा सङ्क्रमितका घरघरमा पुगेर विद्यार्थीहरुले यो कार्यलाई निरन्तरता दिइरहेका छन् । उनीहरुलाई जनप्रतिनिधि युवासंघ र स्थानीय समाजसेवीहरुले समेत सहयोग गर्दै आएका छन् ।

सम्बन्धित खवर