पथरी, मोरङको पथरी शनिश्चरे १ स्थित लबकुश इन्जिनियरिङ कन्सल्टेन्सीले नगरमा कोरोना संक्रमितको उपचारका लागि २१ हजार १ सय ५१ रुपैयाँ रकम सहयोग प्रदान गरेको छ ।
कन्सल्टेन्सीका सञ्चालक लब घिमिरे र कुश घिमिरेले नगर अस्पतालमा कोरोना संक्रमितको उपचारमा सञ्चालित आइसोलेसनमा आवश्यक सामग्री खरिदका लागि नगर उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेललाई आज सो रकम हस्तान्तरण गर्नुभयो ।
यस्तै, वडा नं. १ स्थित यलम्बर चोकमा किरात समुदायका प्रथम ऐतिहासिक राजा यलम्बरको सालिक निर्माण कार्यको शिलान्यास भएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको १५ लाख ७२ हजार ९ सय २८ रुपैयाँ ४३ पैसा बराबरको बजेटमा निर्माण हुने सालिक निर्माणस्थलको १ नम्बर वडाध्यक्ष बाबुराम एङदेनले शिलान्यास गर्नू भएको हो ।
सालिकस्थलको जग राख्ने र पानीको फोहराको काम यो वर्ष हुने र अर्काे आर्थिक वर्षमा शालिकको काम अघि बढाउने योजना रहेको सालिक निर्माण समितिका सचिव खगेन पुलामीले जनाउनु भयो ।