१० मुसहर परिवारलाई खाद्यान्न सहयोग

१० मुसहर परिवारलाई खाद्यान्न सहयोग

पथरी, कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि जारी निशेधाज्ञाका कारण कतिपय दैनिक ज्याला मजदुरी गरि गुजारा गर्दै आएकाहरु समस्यामा छन। यस्तै समस्यामा रहेका मोरङ्ग पथरीशनिश्चरे १० नमुना टोलका मुसहर परिवारलाई राहत प्राप्त भएको छ ।

शनिवार सामाजिक व्यक्तित्वहरु सुरज राई, प्रकाश अधिकारी, रितेस बस्नेत लगायतको उपस्थितिमा सो खाद्यान्न सामाग्री वितरण गरिएको हो। १० बिपन्न परिवारलाई  घरको सदस्यको संख्याका आधारमा चामल,दाल,नुन र तेल बितरण गरिएको हो । परबासमा रहेका संगिता थेवे, डिल्लिमान बस्नेत लगायतले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै सो सहयोग गरेका हुन ।

सम्बन्धित खवर