उदयपुरको चौदण्डीगढीका हावाहुरी पीडितलाई जस्ता पाता वितरण

उदयपुरको चौदण्डीगढीका हावाहुरी पीडितलाई जस्ता पाता वितरण

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाका झण्डै ४५ घर हावाहुरी पीडित परिवारलाई जस्ता पाताहरु वितरण गरिएको छ ।

नगरको वडा नम्बर २, ३ र ४ का हावाहुरी पीडितलाई झण्डै २५० बण्डल जस्तापाता वितरण गरिएको चौदण्डीगढी नगरपालिकाले जनाएको छ । नगरपािलका नगरप्रमुख खगेन्द्र राईले हावाहुरी पीडित परिवारलाई जस्ता पाताहरु वितरण गरिएको बताए ।

उनका अनुसार गत वैशाखको तेस्रो हप्ता आएको हावाहुरीले नगरको वडा नम्बर २, ३ र ४ का जनताको घरको छानो उडाएपछि विचल्लीमा परेका जनताको लागि नगरपालकाले वितरण गरेको हो ।

झण्डै १८ लाखभन्दा बढीको जस्तापाता खरीद गरेर हालै सम्बन्धित पीडित जनतालाई वितरण गरेको छ । अब सबै जनताले प्रत्येक घरमा एक दर्जनदेखि डेढ दर्जनसम्मका दरले जस्तापाता प्राप्त गरेको कारण छानो मर्मत गरेर घरमा बस्न सक्ने नगरपालिकाले बताएको छ । गत बैशाख १८ गतेको हावाहुरी नगरपालिकाको वडा नं २, ३ र ४ का धेरै घरमा पुर्याएको क्षती पुर्याएको थियो ।

सम्बन्धित खवर