पथरी शनिश्चरेमा नगरसभाको तयारी, जेठ २८ भित्र वडा स्तरका योजना छनोट गरिने

पथरी शनिश्चरेमा नगरसभाको तयारी, जेठ २८ भित्र वडा स्तरका योजना छनोट गरिने

मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरसभाको तयारी सुरु गरेको छ । बजेट तथा कार्यक्रम योजना समितिले आज विषयगत समितिका पदाधिकारीहरुसँग छलफल गर्दै आर्थिक वर्ष ०७८/७९ का लागि जेठ २८ गतेभित्र वडाका वस्तीस्तरबाट योजना छनोट गर्ने निर्णय गरेको छ ।

नगर उपप्रमुख एवम् बजेट तथा कार्यक्रम योजना समिति संयोजक यमुना विष्ट वास्तोलाको अध्यक्षतामा वडाध्यक्षहरुलाई समेत आमन्त्रित गरिएको बैठकमा कोरोनाको संक्रमणको अवस्था यथावत भएपनि स्वास्थ्य मापदण्डमा रहेर योजना छनोट गर्नुपर्ने वाद्यता रहेको जानकारी गराइएको छ ।

बैठकमा, समितिका सदस्यका रुपमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, पूर्वाधार विकास समिति संयोजक वावुराम एङदेन, आर्थिक विकास समिति संयोजक यामप्रसाद गुरागाईं, विधायन समिति संयोजक डम्बरबहादुर चेम्जोङ, सुशासन तथा सेवा प्रवाह समिति संयोजक जयबहादुर तामाङ, सामाजिक विकास समिति संयोजक कपिलमणि ढकाल, वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक भानुभक्त राई सहभागि रहनु भएको थियो ।

सम्बन्धित खवर