पारिवारिक निजी वन संघले दियो वाटर डिस्पेन्सर

पारिवारिक निजी वन संघले दियो वाटर डिस्पेन्सर

पथरी, पारिवारिक निजी वन संघ नेपालले कोरोना संक्रमितका लागि आइसोलेसन सञ्चालन गरेका पालिकाहरुलाई ‘वाटर डिस्पेन्सर’ मेसिन सहयोग गर्ने क्रममा आज मोरङको पथरी शनिश्चरे नगरपालिकालाई पनि सहयोग प्रदान गरेको छ ।

संघका केन्द्रीय सचिव नविन पौडेलको अगुवाईमा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य सहितलाई विरामीका लागि तातो र सामान्य पानीको व्यवस्थापन गर्ने ‘वाटर डिस्पेन्सर’ मेसिन प्रदान भएको हो । संघले सातै प्रदेशमा यसखाले कार्यक्रम अघि सारेको सचिव पौडेलले जनाउनु भयो ।

सम्बन्धित खवर