लेटाङ, लेटाङ नगरपालिका क्षेत्र भित्र कोभिड १९ संक्रमणमा परेका व्याक्तिहरुलाई लेटाङ नगरपालिका मेयर शंकर राई सहितको टोलीले स्वास्थ्यका सामाग्री सहित औषधी वितरण सुरु गरेको छ ।
संक्रमितहरुलाई घरघरमा पुगेर औषधी सहित मास्क, सेनिटाईजर, सावुन साथै भिटामिन सि, डि, जिंक, सिटामोल, एन्टीवायोटिक लगायतका औषधी वितरण गरेको छ । संक्रमितहरुलाई आजबाट स्वास्थ्य सम्बन्धी जनचेतना सहित स्वास्थ्य उपचारका लागि औषधीहरु वितरण गरिएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।
आज लेटाङ नगरपालिका वडा नं. ५ मा वितरण गरिएको र भोली देखि सबै वडामा पुगेर वितरण गरिने नगरप्रमुख राईले बताउनुभयो । संक्रमितहरुलाई कुनै समस्या भएमा नगरपालिका अन्तर्गत रहेको कोभिड अस्पतालका डाक्टर अजय मण्डललाई ९८४२१०३८९२ मा र स्वास्थ्य शाखा प्रमुख दिनेश चौधरीलाई ९८५२०२५९७६ मा सम्पर्क गर्न समेत नगरप्रमुख राईले आग्रह गर्नुभयो ।
सामाग्री वितरण टोलीमा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहाल, स्वास्थ्य शाखाका प्रमुख दिनेश चौधरी र सम्बन्धीत वडाका वडा अध्यक्ष भुम सुर्यमगर लगायत रहेका थिए ।