चोरी भएको मोटरसाईकल सहित ३ जना पक्राउ

चोरी भएको मोटरसाईकल सहित ३ जना पक्राउ

मोरङ, मोटरसाईकल चोरीको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ईटहरी उपमहानगरपालिका २ का ४० वर्षीय सुवास चन्द्र राई, ईटहरी २० का ३८ वर्षीय बलराम गुरुङ र ईटहरी १३ का २६ वर्षीय राजेश मेहेता रहेका छन् ।

जेष्ठ १२ गते मोरङको सुन्दरहरैंचा नगरपालिका ४ बाट गजेन्द्र राईको नाममा रहेको प्रदेश १र०५र००१ प. ००६१ नं. को एनएस २०० सीसीको मोटरसाईकल हराएको थियो । मोटरसाइकल हराएको भन्दै प्रहरीमा उजुरी गरेपछि खोजी सुरु गरेको प्रहरी टोलीले उनीहरुलाई ईटहरीको खनारबाट चोरी भएको मोटरसाईकल सहित २० गते बिहिवार राती १० बजे पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित खवर