कोरोना अपडेट ः प्रदेश १ मा १ हजार ४२ जना संक्रमणमुक्त, पथरी शनिश्चरेमा २३ सहित ७१८ संक्रमित थपिए

कोरोना अपडेट ः प्रदेश १ मा १ हजार ४२ जना संक्रमणमुक्त, पथरी शनिश्चरेमा २३ सहित ७१८ संक्रमित थपिए

प्रदेश १ मा आज १ हजार ४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४४१ महिला र ६०१ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङबाट मात्रै आज ५४५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३८ हजार ४३० पुगेको छ ।

प्रदेश १ मा आज ७१८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३०२, झापामा २९३, सुनसरीमा ४५, इलाममा २७, सोलुखुम्वुमा १३, धनकुटामा ७, उदयपुरमा ४, खोटाङमा ३, पाँचथर, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ७१ महिला र ९६ पुरुष सहित १६७, सुन्दरहरैचामा २६, पथरी शनिश्चरेमा २३, केराबारीमा २०, सुनबर्षी, उर्लाबारी र बुढीगंगामा १०/१०, रतुवामाई र लेटाङमा ९/९, कटहरीमा ५, जहदामा ४, रंगेलीमा ३, बेलबारी र ग्रामथानमा २/२, धनपालथान र कानेपोखरीमा १/१, झापाको विर्तामोडमा ७४, भद्रपुरमा ३८, बुद्धशान्ति र अर्जुनधारामा ३३/३३, कनकाईमा २८, मेचीनगरमा २१, दमकमा १५, शिवसताक्षीमा १४, बा¥हदशीमा १२, कचनकवल र गौरीगञ्जमा ५/५, हल्दिबारीमा ४, कमल गाउँपालिका र झापा गाउँपालिकामा ३/३, गौरादहमा १ र स्थानीय तह नखुलेका ४, सुनसरीको इटहरीमा १६, हरिनगरमा ८, दुहवीमा ६, रामधुनी, देवानगञ्ज र बर्जुमा ३/३, गढी, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा २/२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि इलामको माईजोगमाईमा ९, इलाम नगरपालिकामा ७, चुलाचुलीमा ४, सुर्योदयमा १ र स्थानीय तह नखुलेका ६, सोलुखुम्वुको नेचासल्यानमा ७, माप्य दुधकोशीमा ६, धनकुटाको धनकुटा नगरपालिकामा ४, छथर, पाख्रिवास र चौवीसेमा १/१, उदयपुरको रौतामाईमा १ र स्थानीय तह नखुलेका ३, खोटाङको बराहपोखरी, ऐसेलुखर्क र दिक्तेल रुपाकोट मझुवागढीमा १/१, पाँचथरको, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५९ हजार ४६० पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार १०५ पुगेको छ । प्रदेश १ मा आज १ हजार ८०२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २९९ महिला र ४१९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर