कोरोना अपडेटः नेपालमा थप ५ हजार ३१६ जनामा कोरोना संक्रमण, १०१ जनाको मृत्यु

कोरोना अपडेटः नेपालमा थप ५ हजार ३१६ जनामा कोरोना संक्रमण, १०१ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ७ हजार २१९ रहेको छ ।

१३ हजार ८०५ पीसीआर परीक्षणमा ४ हजार ५२४ /३०७३ एन्टिजेन परीक्षणमा ७९२ जना गरी ५ हजार ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९६९, ललितपुरमा ३०६, मोरङमा ३०४, झापामा २७१, कास्कीमा २४३, भक्तपुर र सिन्धुपाल्चोकमा १८१/१८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कैलालीमा १४०, दाङमा १३६, काभ्रेपलाञ्चोकमा १२७, धनुषामा ११९, रूपन्देहीमा ११२, सुर्खेतमा ११० र मकवानपुरमा १०८ जना कोरोना संक्रमित थपिएका छन् ।

कञ्‍चनपुरमा ८५, बारामा ८१, नुवाकोटमा ७६, धादिङमा ६७, जाजरकोटमा ६१, कपिलवस्तुमा ५९, चितवनमा ५२, सिरहामा ४७, सुनसरीमा ४३, सर्लाहीमा ४२, बाँकेमा ३८, नवलपरासी पश्‍चिममा ३६, खोटाङमा ३२ र रामेछापमा ३० जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै महोत्तरीमा २९, सप्तरी र अछाममा २८/२८ जना, तनहुँ र दार्चुलामा २३/२३ जना, इलाम, रौतहट, अर्घाखाँची, दैलेखमा २२/२२ जना, गुल्मीमा २०, गोरखामा १७, ओखलढुंगामा १६, सोलुखुम्बु र डडेलधुरामा १५/१५ जना, दोलखामा १३, पर्सा र प्‍युठानमा ११/११ जना तथा रूकुम पश्‍चिममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपरासीमा ९, धनकुटा, स्याङजा, पाल्पामा ७/७ जना, सिन्धुली, लमजुङ, बागलुङ, रोल्पा र कालिकोटमा ५/५ जना, उदयपुरमा ४, डोटी र बैतडीमा ३/३ जना, रूकुम पुर्व र सल्‍यानमा २/२ जना तथा तेह्रथुम, पाँचथर, भोजपुर, संखुवासभा, जुम्ला, डोल्पा र मुगुमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका १२७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३६९ जनामा कोरोना संक्रमण देखिएको छ ।

सम्बन्धित खवर