श्रम रोजगारीका लागी परवासमा रहेर पनि नेपाल र हरेक नेपालीको दुखमा साथ दिदै आएको नेपाली हातेमालो समाज साउदी अरेबियाले कोरोना माहामारीका कारण लामो समय निशेधाज्ञा हुदाँ समस्यामा परेका नेपालीहरुलाई सहयोग स्वरुप ३ लाख ३० हजार रुपैया प्रदान गरेको छ ।
नेपाली हातेमालो समाज साउदी अरेबियाले इन्द्रेणी समाजका संयोजक कृष्ण प्रसाद कडेल मार्फत इन्द्रेणी समाजसंग समन्वय गरि सो रकम पठाएको नेपाली हातेमालो समाजका अध्यक्ष टेक बहादुर कट्वालले जानकारी दिनुभयो ।
कोभिड १९ को दोस्रो लहरको पीडामा परि २ छाक खान गाह्रो परेका ४० घर परिवारलाई प्रति परिवार ५ हजार का दरले २ लाख रुपैयाँ पीडित को पहिचान गरि विभिन्न ठाँउमा रहेका त्यस्ता परिवार सम्म इन्द्रेणी समाजका संचालक कृष्ण कडेल मार्फत नेपाली हातेमालो समाजको ब्यानर सहित वितरण गर्ने गरी पठाइएको कट्वालले बताउनु भयो ।
त्यसैगरी नेपाली हातेमालोले महाविर पुनले संचालन गरीरहेको राष्ट्रिय आविष्कार केन्द्रका लागी १ लाख रुपैयाँ सहयोग गरेको छ । सो रकम समेत कृष्ण कडेलमार्फत नै नेपाली हातेमालोको ब्यानर मा हस्तान्तरण गरिने बताइएको छ ।
नेपाली हातेमालो समाज साउदी अरेबियाले साउदीमा रहेका नेपालीहरुबाट सहयोग संकलन गरी नेपाल पठाएको बताउदै अध्यक्ष कट्वालले आगामी दिनमा समेत यस किसिमको सहयोग निरन्तर रहने बताउनु भयो ।