पथरी/ कोरोनाले बिश्व नै आतङ्कित बनाइरहेका बेला पथरीशनिश्चरे वडा नं १० का युवाहरू जनचेतना फैलाउदै आफ्नो वडाका घर-घरमा पूगेका छन । जनचेतना फैलाउदै मानिसको जमघट हुने वडाभरीका बिभिन्न चोकमा सेनीटाइज गर्ने तथा मास्क बितरण गर्दै उनीहरू वडाका बिभिन्न चोक र ति चोकभरीका घर पुगेका हुन ।
पथरीशनिश्चरे वडा नं १० का वडाध्यक्ष सागर राई, तरूण दलका युवानेता भूपेन रणपहेली, स्थानीय युवा रमेश भण्डारी लगायतका युवाको सहयोग तथा तरूण दल वडा नं १० को अगुवाईमा उक्त अभियान चालीएको हो । उनीहरूले जमघटस्थलमा सेनीटाइज गर्ने र घरघरमा मास्क बितरण गर्दै कोरोनाबाट बच्न सावधानी अपनाउन आग्रह गरेका थियो । आज जीरीखिम्ती, पशुपतिनगर, ऐयाबारी लगायतका चोकमा उक्त काम गरिएको र बाकि रहेका चोकमा भोली सेनीटाइज तथा मास्क बितरण गर्ने अभियान टोलीका प्रदिप राईले बताए ।