कोरोना अपडेट ः पछिल्लो २४ घण्टामा ६ हजार ८५ जना संक्रमित थपिए, ६ हजार ८९८ संक्रमणमुक्त

कोरोना अपडेट ः पछिल्लो २४ घण्टामा ६ हजार ८५ जना संक्रमित थपिए, ६ हजार ८९८ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १७ हजार १४७ जनाको पीसीआर विधि र ३ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको जनाएको छ।

आज पनि नयाँ कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै भएका छन्। पछिल्लो २४ घण्टामा ६ हजार ८९८ संक्रमित कोरोना मुक्त भएका छन्। हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३४४ छ।

अहिले १ लाख ४ हजार ७८९ जना संक्रमित आइसोलेसनमा छन्। आज ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ।

सम्बन्धित खवर