छुट्टा छुट्टै स्थानमा भएको सडक दुर्घटनामा २ जनाको मृत्यु

छुट्टा छुट्टै स्थानमा भएको सडक दुर्घटनामा २ जनाको मृत्यु

विराटनगर, आज बिहान साढे ८ बजे भएको सडक दुर्घटनाबाट सुनसरी र ईलाममा २ जनाको मृत्यु भएको छ ।

सुनसरी बराहक्षेत्र नगरपालिका १० दाजुभाई चौक स्थितमा दक्षिण तर्फ जाँदै गरेको को २ त ८१८७ नम्बरको ट्याक्टरमा सवार रहेका सहचालक खोटाङ साकेला गाउँपालिका १ डाँडागाँउका २२ वर्षीय विष्णु कुमार बस्नेत अचानक लडेका थिए । लडेका बस्नेतलाई पछाडी डालाको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर र चालक बराहक्षेत्र नगरपालिका १० दाजुभाई चौकका ४५ वर्षीय भिम बहादुर कार्की ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

त्यस्तै इलाम नगरपालिका ११ आले चोक स्थित भित्रि सड्क खण्डमा बिर्तामोडबाट जितपुर तर्फ जादै गरेको ना २ ख ९२०५ नम्बरको ट्रकले सोही स्थान बस्ने पैदल यात्री ८२ वर्षीय पदम बहादुर तामाङलाई ठक्कर दिँदा घटना स्थलमा नै मृत्यु भएको हो । ट्रक र चालक पाँचथर हिलिहाङ ७ का २३ वर्षीय चन्द्र बहादुर तामाङ प्रहरी चौकी चिसापानी ईलामको नियन्त्रणमा रहेका छन् ।

सम्बन्धित खवर