कोरोना अपडेट ः नेपालमा थप ४ हजार ७६२ जनामा संक्रमण, ११४ जनाको मृत्यु

कोरोना अपडेट ः नेपालमा थप ४ हजार ७६२ जनामा संक्रमण, ११४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर परीक्षणमा ४ हजार १७८ जना र २ हजार ४२५ एन्टिजेन परीक्षणमा ५८४ जना गरी ४ हजार ७६२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण ११४ जनाको मृत्यु भएको छ भने ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् ।

सोमबारको तथ्यांकपछि नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ । जसमध्ये ४ लाख ४७ हजार ४४६ जना संक्रमणमुक्त भइसकेका छन् भने १ लाख ६ हजार ४७० जना सक्रिय संक्रमित रहेका छन् । संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ३८६ पुगेको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ८९०, मोरङ र ललितपुरमा २५२/२५२ जना, धादिङमा २२०, कैलालीमा १९५, झापामा १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरीमा १६४, मकवानपुरमा १४१, कास्कीमा १२९, चितवनमा १२६, रूपन्देहीमा १२०, धनुषामा ११७ र काभ्रेपलाञ्चोकमा ११३ जना कोरोना संक्रमित थपिएका छन् ।

सिन्धुपाल्चोकमा ९४, दाङमा ७५, दार्चुलामा ७४, नुवाकोटमा ६२, कञ्चनपुरमा ५४, गोरखामा ५३, अछाममा ५२ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै सप्तरीमा ४७, सल्यानमा ४५, पाल्पामा ४१, सर्लाहीमा ४०,महोत्तरीमा ३४, तनहुँमा ३२, बारामा २९, खोटाङ, नवलपरासी पूर्वमा २७/२७ जना, तेह्रथुममा २६, सुर्खेतमा २५ जनामा संक्रमण देखिएको छ ।

पर्वतमा २०, दोलखा र लमजुङमा १९/१९ जना, पर्सामा १८, धनकुटा र रौतटहमा १७/१७ जना, सिन्धुलीमा १६, ओखलढुंगा, रामेछाप र जुम्लामा १३/१३ जना, रसुवा र बाँकेमा १२/१२ जना, सिरहा, नवलपरासी पश्चिम र डडेलधुरामा ११/११ जना तथा म्याग्दीमा १० जना संक्रमित थपिएका छन् ।

यस्तै स्याङजामा ९, रोल्पामा ७, उदयपुरमा ८, इलाम, अर्घाखाँची, कपिलवस्तु र बर्दियामा ६/६ जना, गुल्मी, जाजरकोट र बैतडीमा ५/५ जना, भोजपुर र रूकुम पश्चिममा ४/४ जना, प्‍युठानमा ३, बागलुङमा २ तथा पाँचथर, सोलुखुम्बु र बाजुरामा १/१ जना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका ११२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३८५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर