एका बिहानै एम्बुलेन्स दुर्घटन, १ जनाको मृत्यु

एका बिहानै एम्बुलेन्स दुर्घटन, १ जनाको मृत्यु

पाँचथर, पाँचथरको फिदिम नगरपालिका ३ सुङनिमाचौकमा एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु र २ जना घाईते भएका छन् ।

आज बिहान पौने ३ बजे झापाबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नम्वर १–०१–००१ च ७७०६ नम्वरको एम्बुलेन्स अनियन्त्रित भई रोडबाट अन्दाजी १५ मिटर तल झरी दुर्घटना भएको थियो । सो दुर्घटनामा पाँचथरको याङवरक गाउँपालिका २ बस्ने ५० वर्षीय ममता राई, सोही स्थानका १९ बर्षीय हेमन सुब्बा र ताप्लेजुङ सिदिङवा ३ का ५५ बर्षीय डोड कुमार राई घाईते भई उपचारको लागि जिल्ला अस्पताल पाँचथर लगिएको थियो ।

घाइते मध्ये ममता राईको सोही अस्पतालमा उपचारको क्रममा बिहान पौने ४ बजे मृत्यु भएको छ भने अन्य घाईतेहरुको अबस्था सामान्य रहेको छ । एम्बुलेन्स चालक पाँचथर हिलिहाङ २ सिहापुरका २८ वर्षीय बिरेन्द्र धिताल जिल्ला प्रहरी कार्यालय पाँचथरको नियन्त्रणमा रहेका छन् ।

सम्बन्धित खवर