धनकुटा / नेपाली कांग्रेस सहिदभूमि गाउँ कार्य समितिका नेताद्वारा सहिदभूमि गाउँपालिकाका कोरोना संक्रमितहरुलाई १ लाख ३१ हजार बराबरको स्वास्थ्य सुरक्षा सामाग्री,केही औषधी तथा भिटामीन सि समेत आज वितरण गरेको छ ।
सहिदभूमि गाउँपालिकामा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण दर तिव्र गतिमा फैलिदै जान थालेपछि संक्रमितहरुको लागि राहतस्वरुप सर्जिकल मास्क,साबुन, सेनिटाइजर ,फेससिल,गोल्ब्स,सिटामोल,अजिथ्रोमेइसिन,जिङ्क,भिटामिन सी,लगायतकाको सामाग्री कोरोना संक्रमितलाई वितरण गरिएको हो ।
पालिकामा कोरोना संक्रमण तिव्र फैलिदै जान थालेपछि संक्रमितहरुको स्वास्थ्य सुरक्षाको लागि थोरै भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले ७ हजार ५ सय पीस सर्जिकल मास्क,१ सय ५० एमएलको सेनिटाइजर १ सय ५० पीस,डिटोल साबुन १ सय ५० पिस,ग्लोब्स १ बक्स र फेससिल २५ पीस,सेनिटाइजर १ हजार एमएलको ४ पीससाथै केही औषधीहरुमा ज्वरो कम गराउने सिटामोल २ बक्स,पेट दुख्न निको पार्ने जिङ्क २ बक्स,घाँटी दुख्न निको पार्ने अजिथ्रोमेइसिन २ बक्स साथै भिटामीन सी २ बक्स वितरण गरिएको नेपाली कांग्रेस सहिदभूमि गाउँपालिका कार्य समितिका सभापति तिर्थ राईले बताउनु भयो ।औषधी सेवन गर्न अघि स्वास्थ्यकर्मीहरुसँगलाई सम्पर्क गरि मात्रै सेवन गर्न समेत संक्रमितहरुलाई अनुरोध गरिएको सभापति राईले बताउनु भयो ।
कोरोना महामारीको विषम परिस्थितिमा सर्वप्रथम संक्रमित बचाउन प्रमुख कर्तब्य रहेको र सोही कर्तब्य निभाउन नेपाली कांग्रेस सहिदभूमिले स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको नेपाली कांग्रेस पार्टी सहिदभूमिका सचिव रुद्र बहादुर राईले बताउनु भयो ।पालिकाको गाउँटोलमा सचेत गराँउदै हिड्दा स्वास्थ्य जोखिममा नपरोस् भन्ने उद्देश्यका साथ इलाका प्रहरी कार्यालय छिन्ताङ्ग,प्रहरी चौकी आँखिसल्लालाई समेत मास्क,सेनिटाइजर,डिटोल साबुन र केही औषधीहरु प्रदान गरिएको नेपाल तरुण दल जिल्ला सदस्य संजिव राईले जानकारी दिनु भयो ।
सहिदभूमि गाउँपालिका वडा नं. २ मा प्राय घर घरैमा कोरोना संक्रमितहरु रहेको र होम आइसोलेशनमा रहनु भएको छ भने त्यस्तै वडा नं.३,४,५ र ६ मा समेत कोरोना संक्रमितहरु होम आइसोलेशनमा बसिरहनु भएको छ ।नेपाली कांग्रेस वडा नम्बर ६ का सभापति विकास राई,वडा नं.४ का सभापति सन्तोष राई,वडा नं. ३ का सभापति श्याम राई,वडा नं. का सभापति दूर्गा विष्ट लगायतका लाई समेत स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको नेपाली कांग्रेस सहिदभूमिका सचिव रुद्र राईले जानकारी गराउनु भयो ।
कोरोना संक्रमितहरु अझै पनि धेरै हुन सक्ने देखिएको छ । स्थानीय सरकार र वडा सरकारबाट कन्ट्रयाक्ट ट्रेसिङ गरेको नदेखिएकोप्रति सहिदभूमि गाउँपालिका सभापति तिर्थ राईले आपत्ती जनाउनु भयो ।महामारीले ग्रसित वडा र टोललाई निशुल्क औषधी र स्वास्थ्य सुरक्षा सामाग्री वितरण गर्न साथै पिसिआर परिक्षणको दायरा कुनैपनि राजनीतिक आग्रह,पूर्वग्राह नराखि तुरुन्त बढाउन समेत सभापति राईले स्थानीय सरकारलाई आग्रह गर्नु भयो ।