पत्रकारीता कल्याण कोषमा आर्थिक सहयोगको लागी महासंघको अपिल

पत्रकारीता कल्याण कोषमा आर्थिक सहयोगको लागी महासंघको अपिल

तेह्रथुम / नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाले तेह्रथुम पत्रकारीता कल्याण कोषमा आर्थिक सहयोग गरिदिन अपिल गरेको छ । महामारीको रुपमा फैलिएको कोरोना भाईरसको दोश्रो लहरले सबैतिर असर र्पुयाएको वर्तमान परिस्थितिमा तेह्रथुमका पत्रकारलाई पनि केही दिन यता कोरोना संक्रमण देखिएको जनाइएको छ ।

यस विषम परिस्थितिलाई ध्यानमा राख्दै महासंघको तेह्रथुम शाखा कार्यसमितिले भर्चुअल माध्यमबाट आइतबार बैठक बसी छलफलबाट विभिन्न निर्णय गर्दै कोषबाट तेह्रथुमका पत्रकारलाई महामारी, प्राणघातक रोग, प्राकृतिक प्रकोप तथा जोखिममा आवश्यकता अनुसार उपचार खर्चमा सहयोग गर्ने उदेश्यले आर्थिक सहयोगको आह्वान गरेको छ ।बैठक मार्फत अग्रपंक्तिमा रहेर आमनागरिकलाई सूचना दिने, सचेतना जगाउने तथा दवाव सृजना गर्ने काममा खटिएका पत्रकार, सञ्चाकर्मीलाई कोरोना विरुद्धको खोप, पिसिआर, एन्टिजिन परीक्षण सहज बनाउन, स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराउन तथा संक्रमित पत्रकारको निःशुल्क उपचार लगायतको उचित प्रवन्ध मिलाउनका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारलाई जोडदार माग गरेको शाखाद्वारा सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संचार क्षेत्रमा कार्यरत संचारकर्र्मीहरुलाई रिपोर्टिङको शिलसिलामा पर्न सक्ने जोखिम, प्राकृतिक विपद लगायतलाई मध्यनजर गर्दै तेह्रथुम पत्रकारीता कल्याण कोष कार्यान्वयनमा ल्याईएको शाखाका अध्यक्ष अमृतकुमार बास्तोलाले जानकारी दिनु भयो ।

  • शाखाले लक्ष्य राखेको कोष निर्माणको लागि बजेट आवश्यक परेको हुँदा स्वदेश तथा विदेश रहनुहुने महानुभाव, स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, जनप्रतिनिधि तथा सम्पूर्ण शुभेच्छु संघसंस्था र इच्छुक व्यक्तिले सनराइज बैंक तेह्रथुम शाखामा रहेको नेपाल पत्रकार महासंघको खाता नं. ः ०६४००३६०९०७०१००१ मा जम्मा हुने गरि सहयोग गरिदिन पनि अपिल गरेको छ ।

सम्बन्धित खवर