कोरोना संक्रमितको उपचारका लागि सेविका मेडिकलले नगद सहयोग ग¥यो

कोरोना संक्रमितको उपचारका लागि सेविका मेडिकलले नगद सहयोग ग¥यो

पथरी, मोरङको पथरी शनिश्चरेका १ को सेविका मेडिकलले नगरका कोरोना संक्रमितहरुको उपचारमा सहयोग पुर्याउन २० हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेको छ ।

मेडिकलका प्रमुख भूमिकाप्रसाद श्रेष्ठले आज नगरपालिका कार्यालयमा उपस्थित भइ नगर उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेल, नगर अस्पतालका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य सहितलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । नगर अस्पतालमा कोरोना संक्रमितको उपचारमा सञ्चालित आइसोलेसन वार्डमा आवश्यक स्वास्थ्य सामग्रीका लागि सो रकम प्रदान गरिएको श्रेष्ठले बताउनु भयो । विभिन्न संघ संस्था तथा व्यक्तिले आइसोलेसनका लागि गर्ने क्रम अघि बढेको नगरपालिकाकाले जनाएको छ ।

सम्बन्धित खवर