पानीको खाल्डोमा डुबी बालिकाको मृत्यु

पानीको खाल्डोमा डुबी बालिकाको मृत्यु

मोरङ, मोरङ सुनवर्षी नगरपालिका ४ स्थित जागीटोल बस्ने बल बहादुर ताजपुरीयाको ८ वर्षीया छोरी सन्तोषी ताजपुरियाको घर पछाडीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।

शनिबार बेलुका सँवा ६ बजे बालिका पानीको खाल्डोमा डुबेको निजकै आमाले देखी तत्काल पानीबाट निकालेर घरमा ल्याउने क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रंगेलीको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खवर