ब्राउनसुगर सहित २ जना पक्राउ

ब्राउनसुगर सहित २ जना पक्राउ

झापा, झापा बुद्धशान्ती गाउँपालिका ३ धाईजन चौक स्थितबाट ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय भिमल बस्नेत र २९ वर्षीय बिशाल बस्नेत रहेका छन् ।

शनिबार बेलुका पौने ६ बजे उनिहरुलाई लागूऔषध ब्राउन सुगर २ ग्राम ४०० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खवर