रंगेली बजार दुई दिन खुकुलो बनाइने

रंगेली बजार दुई दिन खुकुलो बनाइने

रबिन्द्र बराल, रंगेली
मोरङको रंगेलीमा कोरोना संक्रमितको संख्या घट्दै गएपछी रंगेली नगरपालिकाले २ दिनका लागि बजारलाई खुकुलो बनाएको छ । सिएमसिको बैठकले आईतबार विहान देखि सोमबारसम्मको लागि बिहान १० बजे सम्म अति आवश्यक सामान खरिदका लागि खुकुलो बनाएको हो ।

बैठकले ४, ५, ६ र ७ वडाको सिल हटाएको छ । निषेधाज्ञा लाई भने जारी राख्ने समेत निर्णय गरेको छ । कोरोना व्यवस्थापन केन्द्रको बैठकले ९ वटै वडामा लागु हुने गरी सो निर्णय गरेको हो । १७ गते जिल्लामा बस्ने बैठकको निर्णय बमोजिम थप निर्णय लिने भएको छ । फलफुल, दुध, किराना, ग्यास र निर्माण सामाग्री खुल्ने, सब्जी बिक्री, किसानलाई कृषि सामाग्री ओसार पोसार गर्न दिइने तथा १० देखी १२ सम्म बैक तथा वित्तीय संस्था हप्तामा ३ दिन खोल्न दिइने निर्णय समेत गरेको छ ।

सम्बन्धित खवर