पथरी शनिश्चरेमा ११ सहित प्रदेश १ मा ७४९ संक्रमित थपिए, ७९१ जना संक्रमणमुक्त

पथरी शनिश्चरेमा ११ सहित प्रदेश १ मा ७४९ संक्रमित थपिए, ७९१ जना संक्रमणमुक्त

मोरङ, प्रदेश १ मा आज ७९१ जना संक्रमणमुक्त भएका छन् । मोरङबाट सवैभन्दा बढी ३२८ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३४१ महिला र ४५० पुरुष संक्रमणमुक्त भएका छ । हालसम्म कुल ३४ हजार ५३७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ७४९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २३२, झापामा २०७, सुनसरीमा १६४, धनकुटामा ३८, उदयपुरमा ३४, संखुवासभामा २५, इलाममा १३, पाँचथरमा ८, ताप्लेजुङमा ३ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ८४ महिला र ८० पुरुष सहित १६४, सुन्दरहरैंचामा २४, पथरी शनिश्चरेमा ११, उर्लाबारीमा ८, बुढीगंगामा ६, कटहरी र बेलबारीमा ५/५, ग्रामथानमा ३, मिक्लाजुङ, लेटाङ, धनपालथान र रतुवामाईमा १/१ र स्थानीय तह नखुलेका २, झापाको विर्तामोडमा ५५, कनकाईमा ३६, दमकमा २१, शिवसताक्षीमा १८, मेचीनगर र बुद्धशान्तिमा १७/१७, भद्रपुरमा १२, अर्जुनधारामा १०, बा¥हदशी, गौरीगञ्ज र कमल गाउँपालिकामा ५/५, झापा गाउँपालिकामा ४, हल्दिबारीमा २, सुनसरीको इटहरीमा ६४, धरानमा ४६, दुहवीमा २९, इनरुवामा ११, बराहक्षेत्रमा ५, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा २/२, रामधुनी, देवानगञ्ज, हरिनगर, गढी र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा २६, पाख्रिवासमा ८, शहिदभूमी र छथरमा २/२, उदयपुरको त्रियुगामा २९, बेलका र स्थानीय तह नखुलेका २/२, उदयपुरगढीमा १, संखुवासभाको पाँचखपनमा २१, खाँदबारीमा ३, स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा ६, माई नगरपालिकामा ५ र सुर्योदयमा २, पाँचथरको तुम्वेवामा ६ र स्थानीय तह नखुलेका २, ताप्लेजुङमा ३ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५५ हजार ६७६ पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार २९८ पुगेको छ । प्रदेश १ मा आज १ हजार ९४५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३३५ महिला र ४१४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर