कोरोना अपडेटः एकै दिन ९ हजार ८४१ जना संक्रमणमुक्त, ६ हजार ९५१ संक्रमित थपिए

कोरोना अपडेटः एकै दिन ९ हजार ८४१ जना संक्रमणमुक्त, ६ हजार ९५१ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ८४१ कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । एकै दिन संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक संख्या पनि घटेर १०० भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु भएको छ । ६ हजार ९५१ जनामा संक्रमण पुष्टि भएको छ ।

१९ हजार ३१३ पीसीआर परीक्षणमा ६ हजार ८५५ र ७९७ एन्टिजेन परीक्षणमा ९६ जना गरी ६ हजार ९५१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ मा झरेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १ हजार ७९६, काभ्रे पलाञ्चोकमा ३९२, ललितपुरमा ३१५, सिन्धुपाल्चोकमा २५६, झापामा २२६, भक्तपुर २१३ र रुकुममा २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा १८९, ओखलढुंगा र सुनसरीमा १७०/१७० जना, रोल्पामा १२०, मोरङमा १६६, चितवनमा १५१, कैलालीमा १३९, महोत्तरीमा १३७, दाङमा १३०, मकवानपुर, बर्दियामा ११८/११८ जना, बाँकेमा १०९, स्याङ्जामा १०२ र दोलखामा १०१ जना संक्रमित थपिएका छन् ।

यस्तै धादिङमा ९८, धनुषामा ९७, नुवाकोटमा ८९, तनहुँमा ८३, सिन्धुलीमा ७२, पाल्पामा ६५, सुर्खेतमा ६१, डडेलधुरामा ५४, पर्वतमा ५१, गुल्मी र कञ्चनपुरमा ५०/५० जना कोरोना संक्रमित थपिएका छन् ।

रौतहटमा ४८, बैतडीमा ४६, बारा, सप्तरी, कपिलवस्तु, अछाममा ४३/४३ जना, धनकुटामा ४२, गोरखामा ४०, नवलपरासी पुर्वमा ३९, उदयपुरमा ३८, सिरहामा ३४ तथा सर्लाही र डोटीमा ३०/३० जना संक्रमित थपिएका छन् ।

यस्तै संखुवासभामा २९, पर्सामा २८, नवलपरासी पश्चिममा २१, कालिकोटमा १९, रामेछापमा १७, म्याग्दी र अर्घाखाँचीमा १३/१३ जना, रसुवामा १२ तथा इलाम, लमजुङमा ११/११ जनामा कोरोना संक्रमण देखिएका छन् ।

पाँचथरमा ९, प्युठान र रुकुम पश्चिममा ८/८ जना, सल्यानमा ५, बागलुङमा ६, भोजपुर र जुम्लामा ४/४ जना,खोटाङ, ताप्लेजुङ र दार्चुलामा ३/३ जना, रुकुम पुर्व, दैलेखमा २/२ जना तथा सोलुखुम्बु, मनाङ, जाजरकोट, हुम्ला, बझाङ र बाजुरामा १/१ जना थपिएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका १७९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६३७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर