पाेखरा : गण्डकी प्रदेश अन्तर्गत कास्कीको मादी र रुपा गाँउपालिकाका अस्पतालमा कोभिड वार्ड संचालनमा ल्याउन आवश्यक पर्ने केही स्वास्थ्य तथा सुरक्षा सामग्रीहरु राइट फर चिल्ड्रेनले सहयोग गरेको छ ।
मादी गाँउपालिकाको थुम्सिकोट अस्पतालमा कोभिड वार्ड संचालनमा ल्याउनका निम्ति आवश्यक सामग्रीहरु शुक्रबार एक कार्यक्रमका वीच सस्थाका कार्यकारी निर्देशक अनिल पौडेलले गाँउपालिकाका अध्यक्ष बेद बहादुर गुरुङ्गलाई हस्तान्तरण गरेका छन् ।
अध्यक्ष गुरुङ्गले यस कठिन अवस्थामा सस्थाले निरन्तर रुपमा सहयोग गरिरहेकोमा सस्थाप्रति आभार व्यक्त गरेका छन् । ३० शैयाको कोभिड वार्डका लागि हस्तान्तरण गरिएका सामग्रीहरुमा पिपिई सेट–५० थान, स्यानिटाईजर, सर्जिकल–मास्क, पल्स–अक्सिमिटर, सर्जिकल–ग्लोभ्स, लुज–ग्लोभ्स, फेस–शिल्ड, म्याट्रेस, पिलो–कभर, बेड–सीट, र के.एन.नाईटीफाईभ मास्क रहेका छन् ।
यसैगरि राईट फर चिल्ड्रेनले रुपा गाँउपालिकाको रुपाकाट अस्पतालमा पनि १५ शैयाको कोभिड वार्ड संचालनका लागि आवश्यक केही स्वास्थ्य तथा सुरक्षा सामग्रीहरु गाउँपालिकाका अध्यक्ष नवराज ओझा लाई हस्तान्तरण गरेको छ । अध्यक्ष ओझाले यस विपत्को घडीमा अस्पताललाई अत्यन्तै आवश्यक परेका सामग्रीहरु सस्थाले उपलब्ध गराएको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।
सहयोग गरिएका सामग्रीहरुमा एनालाईजर मेसिन–१, कोलोरिमिटर–१, पिपिई सेट–५०, स्यानिटाईजर, सर्जिकल–मास्क, पल्स–अक्सिमिटर, सर्जिकल–ग्लोभ्स, लुज–ग्लोभ्स, फेस–शिल्ड र के.एन.नाईटीफाईभ मास्क रहेका छन् ।
कोभिड रेस्पोन्स किट र खाद्य सामाग्री सहयोग
उपरोक्त सहयोगका अतिरिक्त दुवै गाँउपालिकामा कोभिडबाट संक्रमित भई घरमै आइसोलेसनमा रहेकाहरुका लागि उपयोगी होस भनेर राईट फर चिल्ड्रेनले आवश्यक स्वास्थ्य तथा सुरक्षा सामग्रीहरुको प्याकेज कोभिड रेस्पोन्स किट पनि उपलब्ध गराएको छ । मादी गाउँपालिकामा ७५ र रुपा गाउँपालिकामा ५० थान कोभिड रेस्पोन्स किट सहयोग गरिएको हो ।
कोभिड रेस्पोन्स किटमा थर्मोमिटर, सिटामोल, जिंक ट्याब्लेट, भिटामिन सी, भिटामिन डी, जीवन जल, हात धुने साबुन, फेस मास्क र स्यानिटाईजर जेल रहेको छ ।
यससंगै राईट फर चिल्ड्रेनले कोभिडबाट प्रभावित मादी गाँउपालिकामा रहेका अति विपन्न २५ परिवारलाई खाद्यान्न सामग्री पनि उपलब्ध गराएको छ । जसमा करिब ५ जनाको परिवारलाई एक महिनाका लागि पुग्ने चामल, दाल, चना, चिउरा, नुन, तेल, चाउचाउ, चिया, चिनि आदि रहेका छन ।