पोखरा : गण्डकी प्रदेश सभा सदस्य दीपक कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट खोप खरिद गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
विभिन्न स्थानीय तहले खोप खरिदको लागि संघीय सरकारसँग माग गरिरहेका बेला सभासद कोइरालाले सो धारणा राखेका हुन् । बिहीबार गण्डकी प्रदेशको अर्थ मन्त्रालयले आयोजना गरेको आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमाको सन्दर्भमा आयोजित भर्चुअल बैठकमा बोल्दै उनले कोइरालाले खोप खरिद गर्ने व्यवस्था भए अहिले दिइएको २ करोड बजेट बढाएर ५ करोड रुपैयाँ पु¥याए पनि फरक नपर्ने जिकिर पनि गरे ।
अर्थ तथा विकास समितिका सभापतिसमेत रहेका कोइरालाले जनता बचाउनु पहिलो कर्तव्य भएकाले आउँदो आर्थिक वर्षको बजेटको ५० प्रतिशत बजेट स्वास्थ्यको क्षेत्रमा विनियोजन गर्नुपर्ने बताए । मितव्ययिता भाषण गर्ने सरकारले अनावश्यक मन्त्रालय थप्दै गएको र प्रदेशको आम्दानी बृद्धिभन्दा अनावश्यक रुपले खर्च बढाएको आरोप लगाए ।