फैसला छिट्टै गर्ने प्रधानन्यायाधीशको संकेत

फैसला छिट्टै गर्ने प्रधानन्यायाधीशको संकेत

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले संसद विघटनविरुद्धको मुद्दाको फैसला छिट्टै गर्ने संकेत देखाएका छन् । संवैधानिक इजलास गठन बहेको पहिलो दिन नै प्रधानन्यायाधीश राणाले १५ मिनेटभित्र आफ्नो बहस सक्न अधिवक्ताहरूलाई निर्देशन दिएका छन् ।

संसद विघटनविरुद्ध परेका ११ वटा रिटमाथिको बहसमा सहभागी कानुन व्यवसायीहरूलाई प्रधानन्यायाधीश राणाले १५ मिनेटभित्र बहस सक्न निर्देशन दिएका हुन् । शुक्रबार ११ वटा रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

प्रधानन्यायाधीश राणा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीश दीपकुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् ।

सम्बन्धित खवर